+
+

ज्योति मगर नाच्दा स्टेज भासियो, आयोजकमाथि फ्यानको आक्रोश

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते २०:२७

काठमाडौं । कुरा गतसाताको हो । इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा भएको घटना सामाजिक संजालमा यतिबेला भाइरल बनिरहेको छ ।

गायिका ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा भ्वाङ परेर त्यसमा खसेको भिडियो भाइरल बनेको हो । ज्योति खसेपछि उनी स्टेजमा ढलेको दृश्य भिडियोमा देखिन्छ ।

ज्योति खाल्डोमा खस्ने वित्तिकै सहयोगी आएर उठाएको दृश्य देखिन्छ ।

यो घटनालाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले आयोजकप्रति आक्रोश पोखिरहेका छन् । आयोजकले कमसल स्टेज बनाउँदा घटना भएको भन्दै उनीहरुले कार्वाहीको माग समेत गरेका छन् ।

‘बलियो स्टेज नबनाउनु आयोजकको कमजोरी हो’ एक प्रयोगकर्ता लेख्छन् । पुस १५ गतेदेखि २० गतेसम्म महोत्सव आयोजना भएको थियो । ज्योतिले यतिबेला विभिन्न जिल्लामा आयोजित मेला महोत्सवमा सांगीतिक प्रस्तुति दिइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?