+
+

नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा. दवाडी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १६:०४

२४ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. विश्व दवाडी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. दवाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि रजिष्ट्रारको जिम्मेवारी दिएको हो ।

आइतबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट उनलाई निमित्त रजिष्ट्रार बनाइएको हो । सोमबारबाट जिम्मेवारी समालेको डा. दवाडीले जानकारी दिए ।

काउन्सिलको रजिष्ट्रार मन्त्री परिषद्को बैठकले नियुक्त गर्ने गर्छ । मन्त्री परिषद्बाट रजिस्ट्रार नियुक्त नहुन्जेलका लागि डा. दवाडीलाई निमित्त मन्त्रालयले जनाइएको छ ।

केही दिनअघि मात्रै निवर्तमान रजिष्ट्रार डा.कृष्ण अधिकारीले काउन्सिलबाट बिदा भएका थिए । रजिष्ट्रार डा. अधिकारीलगायत काउन्सिल सदस्यहरुको कार्याकाल गत पुस ७ गते नै समाप्त भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?