+
+

फिचर वृत्तचित्र ‘ढोरपाटन’ पुस २७ देखि हलमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १२:२५

काठमाडौं । साल्पा फिल्म्सले आगामी फिचर डकुमेन्ट्री फिल्म ‘ढोरपाटन’को व्यावसायिक प्रदर्शनको घोषणा गरेको छ । युरोप र एसियाका प्रसिद्ध अन्तर्राष्ट्रिय फेस्टिभलमा ‘नो विन्टर होलिडेज’ नामले चिनिएको यो डकुमेन्ट्री काठमाडौंको सीडीसी हलमा रिलिज हुन लागेको हो ।

पुस २७ देखि प्रत्येक बेलुका ५ बजे यसको प्रदर्शन हुने निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसको विश्व प्रिमियर चाहिं बेलायतको सेफिल्ड डकफेस्टमा भएको थियो । एसिया प्रिमियर दक्षिण कोरियाको डीएमजी डक्समा भएको थियो ।

तिहारअघि भारतको हिमाञ्चल प्रदेशको धर्मशाला अन्तर्राष्ट्रिय फेस्टिभल र कोलकातामा समेत यसको स्क्रिनिङ भएको थियो । हालै कजाकस्तानमा आयोजित पहिलो अल्टरनेटिभ फिल्म अवार्डमा ‘नेटिभा’ श्रेणीमा पुरस्कृत भएको थियो । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसले सर्वोत्कृष्ट वृत्तचित्रको पुरस्कार जितेको थियो ।

‘संसारभर प्रदर्शन गराएर सिनेमाघरमा भित्र्याउन पाउँदा खुसी लागेको छ,’ निर्माता तथा निर्देशक राजन कठेतले भने । यो फिल्मलाई कठेत र सुनिर पाण्डेले संयुक्तरुपमा निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?