+
+

विश्व भूराजनीतिमा ताइवानको चुनावले के अर्थ राख्छ ?

द गार्जियन द गार्जियन
२०८० पुष २५ गते १७:०८

१३ जनवरीमा ताइवानमा चुनाव हुँदैछ । शनिबार तीन प्रतिस्पर्धीमध्ये जो राष्ट्रपति हुन्छन् उनलेनै बेइजिङ र वासिंटनबीचको आगामी सम्बन्धलाई आकार दिनेछन् । एशिया प्रशान्त क्षेत्रमा चीन र अमेरिकाबीचको झगडाको कारणनै ताइवान रहँदै आएको छ ।

यस चुनाव एशिया प्रशान्त क्षेत्रमा अमेरिकी गठबन्धनका सहयोगी रहेका जापान, दक्षिण कोरिया लगायतका राष्ट्रको निम्ति पनि अर्थ राख्छ । यस चुनावले सबैभन्दा बढी अर्थ पक्कै पनि त्यहाँका जनताहरुमाझ राख्नेछ । चीनको सेनाले ताइवान लक्षित गर्दै शक्ति प्रदर्शन र घुसपैठको प्रयास गरेकाले आगामी दिनको भविष्यका निम्ति त्यहाँका मतदातामाझ यो चुनाव निकै अर्थपूर्ण छ ।

बेइजिङले ताइवान आफ्नो दाबी गर्दै आएको छ । तर डेमोक्रेटिक प्रोगेसिभ पार्टीकी नेतृ तथा ताइवानकी राष्ट्रपति ताइ-इङ वेनसँग चीनको सम्बन्ध सुमधुर छैन ।

ताइवानकी राष्ट्रपतिले यस टापुको सम्प्रभुताको रक्षा निकै होसियारीपूर्वक गरिरहेकी छिन् । उनको कदमले एक चीन नीतिमा चुनौती थपिएको र ताइवानलाई चीनमा गाभ्ने लक्ष्यमा असर परेको भन्दै बेइजिङले ताइपेसँग औपचारिक संवाद तोडिसकेको अवस्था छ ।

ताइवानमा चुनावी मैदानमा उत्रिएकाहरुले युद्ध वा शान्ति मध्येको विकल्प रोज्दै मतदान गर्न अपिल गरिरहेका छन् । सन् २०२२ मा ताइपेमा अमेरिकी तत्कालीन सभामुख न्यान्सी पेलोसीको भ्रमणसँगै ताइवान र चीनको सम्बन्धमा थप दरार उत्पन्न भएको थियो । उनको भ्रमणबाट आक्रोशित भएको बेइजिङले ताइवान लक्षित सैन्य शक्ति प्रदर्शन गर्‍यो । त्यही वर्ष अमेरिकाले ताइवानलाई चीनमा गाभ्नका निम्ति बेइजिङले आफ्ना गतिविधि बढाएको बताएको थियो ।

सन् २०२२ सम्म वासिङ्टनसँग ताइपेको सम्बन्ध निकै झाँगिएको थियो । ताइवानले अमेरिकाबाट अर्बौं डलरको आर्थिक सहायता सहित उल्लेख्य संख्यामा नयाँ हतियार पनि प्राप्त गर्‍यो । अहिले चुनावी प्रतिस्पर्धामा रहेका डीपीपीका उपाध्यक्ष विलिय लायलाई बेइजिङले फिटिक्कै मनपराउँदैनन् । उनी ताइवानको स्वतन्त्रताको पक्षधर रहेकाले बेइजिङले उनलाई नरुचाएको हो ।

तेस्रोपटकको चुनावमा पनि डीपीपी विजयी भएमा बेइजिङले ताइवान केन्द्रीत सैन्य गतिविधि बढाउने निश्चित छ । ताइवानको टापुमा  इन्टरनेट पुग्न नदिनका निम्ति उसले केबल काट्ने निश्चित छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र विदेश मन्त्री वाङ यीले बारम्बार बल प्रयोग गरेरै भए पनि ताइवान चीनमा गाभिने चेतावनी दिइरहेका छन् ।

विज्ञहरुका अनुसार भने चिनियाँ चेतावनीका बाबजुद त्यहाँपूर्ण युद्धको सम्भावना भने कमै छ । वर्तमान अवस्थामा अर्थतन्त्र लयमा फर्काउन मिहेनत गरिरहेका चीनका निम्ति युद्ध लड्नु सहज नहुने विज्ञहरुको बुझाइ छ ।

ताइवान र चीनबाहिर कस्तो प्रभाव पर्ला ?

चीन र ताइवानबची युद्धको स्थिति निम्तिएमा त्यसले दुई मुलुकका अलवा अन्य राष्ट्रमा समेत ठूलै असर पुर्‍याउनेछ । अमेरिकाले एशिया प्रशान्त क्षेत्रमा हुनसक्ने सम्भावित तनावालाई मध्येनजर गर्दै ठूलै संख्यामा  जल सेना तैनाथ गरेको छ ।

अष्ट्रेलियादेखि जापानको दक्षिणी र उत्तरी इलाकामा अमेरिकी सेना छन् । चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा के गर्ने भन्नेमा वासिङ्टनले स्पष्ट भनिसकेको छैन ।

यस्तै एशिया प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको सबैभन्दा बढी खातिरदारी गर्दै आएको जापान स्वयम् युद्ध लड्छ वा लड्दैन भन्नेमा पनि अन्यौल छ । युद्धमा आफ्नो सहभागिताको सम्भावनाले वेइजिङलाई केही मत्थर बनाउने वासिङ्टनको अपेक्षा छ । केही विश्लेषकहरुका अनुसार बेइजिङ पनि सकेसम्म युद्ध नेछेड्दै शान्तिपूर्ण एकता होस् भन्ने पक्षमा छ ।

आसन्न चुनावमा राष्ट्रपतिमा जो निर्वाचन हुने छ उसले यी सबै सम्भावना र गठबन्धनको व्यवस्थापन गर्नैपर्नेछ ।

डोनाल्ड ट्रम्प राष्ट्रपति भएर आएको अवस्थामा अमेरिकासँगको जटिल सम्बन्ध व्यवस्थापनको चुनौती पनि नवनिर्वाचित राष्ट्रपति समक्ष रहनेछ ।

अमेरिकाले प्रतिपक्षी कुमिन्ताङ निर्वाचित भएको अवस्थामा ताइवानमा चिनियाँ प्रभाव बढ्ने अपेक्षा गरेको छ । लाय निर्वाचित भएको खण्डमा वासिङटनका निम्ति चिन्तानै थपिने कतिपय विश्लेषकहरुको मत छ ।

ताइवानमा युद्ध भएको खण्डमा त्यहाँका जनता र लोकतन्त्रका निम्ति विध्वंसनै हुनेछ । यस्तै त्यसले विश्वको अर्थतन्त्रमा पनि प्रभाव पार्नेछ । त्यस क्षेत्रमा युद्ध हुँदा अन्तर्राष्ट्रिय व्यापार पनि निकै ठूलो संकट निम्तिने देखिन्छ ।

ताइवानले सेमिकन्डकन्टर बनाइरहेको छ । उसको सेमिकन्डक्टर रेफ्रिजिरेटर फोनदेखि कारमा समेत प्रयोग हुँदै आएको छ । युद्ध भएको अवस्थामा विश्व आपूर्ति श्रृंखलामै नकरात्मक प्रभाव पर्नेछ ।

युद्धका कारण चीनमाथि प्रतिबन्ध लागेको अवस्थामा त्यसले विश्व अर्थतन्त्रमा ठूलै क्षति पुर्‍याउनेछ । चीनमाथिको प्रतिबन्ध लागेको अवस्थामा विश्व व्यापारमा २.६ खर्ब डलरको असर पर्ने देखिन्छ ।

ताइवानलाई नेतृत्व गर्ने किसिमले जोसुकै सत्तामा आए पनि उसले चीनसँग सम्बन्ध सुधार गर्नैपर्छ र उसको ठूलो व्यापार साझेदारसँगको सम्बन्ध पनि सन्तुलनमा राख्नैपर्ने चुनौती छ । बढ्दो महँगी र रोजगारी जस्ता घरेलु एजेण्डा पनि सम्बोधन गर्नेपर्ने हुन्छ ।

विश्लेषकहरुले त्यहाँ मिश्रित सरकार बन्ने अपेक्षा राखेका छन् । कार्यपालिका र व्यवस्थापिका मिश्रित किसिमको हुने उनीहरुको आकलन छ । मिश्रित प्रतिनिधित्व हुने भएकाले अनुभवी डीपीपी र कम शक्तिशाली केएमटीको गठबन्धनले राजनीतिक गाँठो फुकाउँदै ताइवानको अर्थतन्त्र र विश्व शान्तिका लागि सहकार्य गर्ने अपेक्षा छ ।

तीन जनाबीच हुँदैछ राष्ट्रपतिका लागि भीडन्त

ताइवानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ डीपीपीका उपाध्यक्ष, प्रमुख प्रतिपक्षी केएटीबाट पूर्व प्रहरी प्रमुख र ताइपेका पूर्व मेयरबीच प्रतिस्पर्धा हुँदैछ ।

सत्तारुढ डीपीपीबाट ६४ वर्षीय विलिय लाय उम्मेदवार छन् । ६४ वर्षीय उनी स्वतन्त्र ताइवानका प्रखर अभियन्ता हुन् । उनी ताइयेन सहरबाट संसदमा निर्वाचित समेत भएका थिए । उनी २०१७ देखि २०१९ सम्म प्रधानमन्त्री समेत भएका व्यक्ति हुन् ।

राष्ट्रपतीय चुनावी अभियानका क्रममा उनले चीनसँग मित्रवत रुपमा अघि बढ्ने बताएका छन् ।‘हामी कसैको शत्रु हुने पक्षमा छैनौं । चीन र ताइवानबीच मित्रवत् सम्बन्ध कायम हुनेछ,’ उनले भनेका छन् ।

प्रतिपक्षी दल केएमटीबाट चुनावी मैदानमा रहेका ह्व योइ पूर्व प्रहरी प्रमुख हुन् । ६६ वर्षका उनी युवावस्थामा सुँगुर व्यापारी समेत थिए ।

सन् २०१० देखि राजनीतिमा होमिएका उनी ताइवानको नेतृत्व लिन तम्सिएका हुन् । उनी स्वतन्त्रताइवानको पक्षमा छैनन् । तर द्वेद कुटनीतिमा प्रखर छन् ।

सन् २०२३ मा उनले एक चीन नीतिबारे बेइजिङ विश्वविद्यालय सम्मेलनमा प्रश्न उठाएका थिए ।

यद्यपि उनले ताइवान र चीनको सम्बन्धबारे भनेका थिए,‘दुई मुलुकको सम्बन्धबारे कोही पनि द्विविधामा रहनुपर्दैन । ताइवान र चीनको सम्बन्ध चीनको संविधान अनुरुप अघि बढ्नेछ ।’

ताइवान पिपल्स पार्टीबाट पूर्व चिकित्सक तथा पूर्व मेयर रहेका को वेन जे प्रतिस्पर्धामा छन् । र्‍याप गाउने भएकाले उनी युवा मतदाताबीच निकै लोकप्रिय छन् ।

६४ वर्षका उनी ताइवानमा चीनको बढ्दो हस्तक्षेपविरुद्ध सन् २०१४ मा चलेको विद्यार्थी आन्दोलनबाट राजनीतिक वृत्तमा चर्चामा आउन थालेका पात्र हुन् ।

उनी आठ वर्षसम्म ताइपे शहरको मेयर समेत भएका थिए । मेयरको कार्यकालमा उनले चीनको सांघाइ शहरसँग राम्रै सम्बन्ध बनाएका थिए । चीन र ताइवानबीच सौहार्द सम्बन्ध हुनुपर्ने विश्वास उनको छ । सत्तारुढ डीपीपी युद्धको समर्थक र प्रतिपक्षी केएमटी निकै चीन परस्त रहेको उनको आरोप छ ।

लेखकको बारेमा
द गार्जियन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?