+
+

धरहरा बनाउने ठेकेदारको टुँडिखेलमा राखेको सामान महानगरले हटायो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते २०:१७

२५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धाराको धरहरा निर्माण गर्ने कम्पनीले टुँडिखेलभित्र राखेको निर्माण सामग्री हटाएको छ ।

नगरप्रहरीले टुँडिखेलको शहिदगेट तर्फ राखिएको मेसिन, डोजर, पेट्रोल ट्याङ्क, मजदुर बस्ने टहरा भत्काएको हो । ‘ठेकेदारले लामो समयदेखि ठाउँ कब्जा गरेर राखेको सामग्री हटाउँदै छौं । यहाँ डोजर नै प्रयोग गरेर टहरा भत्काइरहेका छौं’, बुधबार साँझ टुँडिखेलमा सामान हटाइरहेको ठाउँबाट नगर प्रहरी निरीक्षक ईश्वरप्रसाद वाग्लेले भने ।

ठेकेदारले राखेका सामान हटाउन करिब एक सय नगर प्रहरी खटिएका थिए । ‘धरहरा निर्माण सुरु भएदेखि नै यहाँ ठाउँ ओगटेर बसिरहेका थिए, बारम्बार हट्न भन्दा नहटेपछि अहिल बल प्रयोग गरेर हटाएका हौं’, नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।

उनका अनुसार गत असारमा धरहरा निर्माण कम्पनी रमन कन्सट्रक्सनलाई टुँडिखेलमा राखेका सामान हटाउन भनेपनि दसैंसम्मको समय माग गरेको थियो । ‘दसैंसम्म समय माग गरे पनि निर्माण कम्पनीले नटेरेपछि आज डोजर लगाएका हौं । रातभरीमा सबै अस्थायी टहरा, स्टोर भत्काउँछौं, भत्काएर छोडेका र बाँकी मेसिन भोलि नै नहटाए महानगरले अर्को कदम चाल्छ,’ पाण्डेले अनलाइनखबरसँग भने ।

निर्माण कम्पनीले धरहरा बनाउनको लागि सामग्री राख्ने स्थान मागेर अन्य परियोजनाको सामानहरु राखेको र मजदुरहरुलाई अस्थायी टहरा बनाएर राखेको पाण्डेले बताए । ‘टुँडिखेल अकुपाई गरेर कसैले पनि राख्न सक्दैन, निर्माण कम्पनीले स्टोर बनाएको थियो । पर्सिदेखि यो ठाउँ सफा हुन्छ’, पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?