+
+

टिभी शो ‘र्‍याप ब्याटल नेपाल’ आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते २०:५०

काठमाडौं । र्‍याप गीतबारेको टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ आयोजना हुने भएको छ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा शो निर्माण हुन लागेको हो ।

आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शोबारे जानकारी दिएका हुन् । युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले फेब्रुअरीबाट अडिसन सुरु हुने बताए ।

उनका अनुसार टेलिभिजनमा अप्रिलदेखि शो प्रसारण हुन्छ । ‘शोमा नेपाली सांगीतिक फाँटका देखि बलिउडका संगीतकर्मी निर्णायक हुनेछन्’, उनले भने ।

राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं इभेण्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहौलमाझ रम्ने वातावरण शोले दिने बताए ।

शोको अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ । इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फागुण ०२, इटहरीमा फागुण ०५, चितवनमा फागुण ०९, पोखरामा फागुण १२ र काठमाडौंमा १८ तथा १९ गते गरिने बताए ।

उनले विश्वभर छरिएर रहेका नेपाली भाषीको लागि डिजिटल अडिसन गरिने राजपुतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?