+
+

राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिपको नकआउट समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १९:२३

२६ पुस, ललितपुर । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता नकआउट समीकरण पूरा भएको छ ।

लिग चरणको खेल समाप्तिपछि दोलखा चेस होम नेपाल, कोशी प्रदेश चेस संघ, भक्तपुर जिल्ला बुद्धिचाल संघ र मकवानपुर जिल्ला बुद्धिचाल संघ नकआउट चरणमा प्रवेश गरेका छन् ।

बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा उत्कृष्ट खेल खेलिरहेको दोलखा चेस होम नेपालमाथि कोसी प्रदेश संघले रोमाञ्चक जित निकालेको थियो । जसमा वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले प्रकाश चन्द्र नेपाललाई हराएका थिए ।

सुश्रुत दहाल र सविन चन्द्र घिमिरेबीचको खेल बराबरीमा सकियो भने मुहान नर्सिङ मिसन दहालसँग हारे । यस्तै वर्तमान महिलातर्फको नेपाल च्याम्पियन डब्लुएफएम सुजना लोहनी कृतिसरा अधिकारीसँग पराजित भइन् । जसले गर्दा कोसी प्रदेश संघ दोलखा चेस होमसँगै नकआउट चरण्मा प्रवेश गर्न सफल भयो ।

भक्तपुर चेस संघले नकआउट चरणमा प्रवेश गर्ने क्रममा थापाथली पार्क चेस क्लबमाथि २-५ र १-५ को कठिन जित हासिल गर्‍यो । जसमा युवा खेलाडी पुरुसोक्तम सिलवाल र क्षितज भण्डारीबीचको खेल बराबरीमा सकियो ।

विक्रम चोकामी सुसिल चौधरीसँग हारे भने स्वर्णिम दुवालले सेम सुब्बामाथि र अभिक शाहले अनुप जंग शाहमाथि जित दर्ता गर्दै टिमलाई नकआउट चरणमा प्रवेश गराउन महत्वपूर्ण खेल पस्किए ।

मकवानपुर चेस संघ र आयोजक ललितपुर स्पोर्ट्स क्लबबीचको खेलमा जित्ने टोली नकआउट चरणमा प्रवेश गर्ने थियो । सो खेलमा सीएम कृष्ण थापा, सिन्देश्वर दाश र अनुशा गौतमसहित तीन खेलाडीले महत्वपूर्ण जित हासिल गर्दै ३-१ को अनुपातमा टिमलाई जितको स्वाद दिलाए भने सुदेन टुईटुई रिसोन थापासँग पराजित हुँदा पनि टिमलाई कुनै असर परेन ।

तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको मुख्य आकर्षण सातौं चरणसम्मको लिग खेल पश्चात् चार टिमले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन् । जसमा दोलखा चेस होम, कोशी प्रदेश संघ, भक्तपुर जिल्ला संघ र मकवानपुर जिल्ला बुद्धिचाल संघ समान १०-१० अंकसहित नकआउट चरणमा पुगेका हुन् । आयोजक ललितपुर स्पोर्ट्स क्लब र पूर्व च्याम्पियन थापाथली पार्क चेस क्लब भने आशा गरे अनुरुप परिणाम निकाल्न असमर्थ रहे ।

यसअघि आज नै भएको छैटौं चारणको खेलमा दोलाख चेस होम नेपालले मकवानपुरमाथि २-५, १-५ को जित हात पार्दा एफएम रुपेश जैसवाल र सुश्रुत दहाल द्वयको जित र मुहान नर्सिङले बराबरी खेलि टिमलाई नकआउट चरणमा पुर्याएका थिए ।

आयोजक ललितपुर स्पोर्ट्स क्लबले थापाथली चेस पार्कसँग टिमले बराबरी खेल्दा राजन सुवेदी र क्षितिज भण्डारीबीचको खेल बराबरी, सुसिल चौधरीले सुरोज महर्जनलाई पराजित गरे । रिसोन थापाले सेम सुब्बालाई हराएका थिए भने आयुष देमन रौरा र अनुप जंग शाहबीचको खेल बराबरीमा सकिएको थियो । कोसी प्रदेश र दोलखा जिल्ला चेस संघबीचको टिम खेल २(२ को बराबरीमा सम्पन्न भएको थियो भने भक्तपुर जिल्ला संघले लुम्बिनी इभेन्ट म्यानेज्मेन्टमाथि ३(१ ले जित हात पारेको थियो ।

राष्ट्रिय स्तरका उत्कृट १९ क्लबको सहभागिता रहेको प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार पुरस्कार प्रदान गरिने छ ।

ललितपुरस्थित तुल्सिलाल स्मृति प्रतिष्ठामा जारी प्रतियोगितामा भोलि शुक्रबार बिहान ९ बजे पहिलो र दिउँसो २ दोश्रो सेमिफाइनल खेल हुनेछ ।

प्रतियोगिताको कूल पुरस्कार राशी ४ लाख ७० हजार रहेको संयोजक राजु ताम्राकारले जानकारी गराएका छन् भने पुस २८ गते समापन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?