+
+

एनएमबि बैंकको २८औं वार्षिक साधारणसभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १९:३६

काठमाडौं । एनएमबि बैंकको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न साधारणसभाबाट संस्थापक सेयरधनीको तर्फबाट सञ्चालकमा मनोजकुमार गोयल र जीवनकुमार कटवाल निर्वाचित भएका छन् ।

यसैगरी सर्वसाधारण सेयरधनीको समूहबाट सञ्चालकमा उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् ।

यसैगरी एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दी प्रकाशलाई मनोनित गरी पठाएकोबारे साधारणसभामा जानकारी गराइएको थियो ।

एनएमबि बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको सभापतित्वमा भएको साधारणसभामा सञ्चालक र सेयरधनीहरुको उपस्थिति रहेको थियो ।

२०८० असारसम्म बैंकको खुद नाफा ३ अर्ब २२ करोड, निक्षेप २१३.०४ अर्ब र कर्जा १९७.४७ अर्ब रुपैयाँ रहेको छ ।

बैंकले हाल देशभर २०१ शाखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?