+
+

राष्ट्रनिर्माताप्रति राष्ट्रपतिको सम्मान

आर्यन धिमाल आर्यन धिमाल
२०८० पुष २७ गते १०:०३

२७ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

राष्ट्रपति पौडेलले आज बिहान सिंहदरबारको पश्चिम गेट अगाडिको पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान व्यक्त गरेका हुन् । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी दिएको थियो ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ ।

सो अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।

विक्रम संवत् १७७९ मा जन्मिएका पृथ्वीनारायण शाहको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो ।

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?