+
+

इमाडोलमा एक महिला इनारभित्र खसिन्, उद्धारको प्रयास जारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते ११:१३
फाइल फोटो

१ माघ, काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् । दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेको र उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन् । इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन् ।

‘उहाँलाई चोटपटक लागेको छ, बोलिरहनु भएको छ, उद्धारको प्रयास भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय ललितपुरका एक अधिकृतले भने ।

उद्धारका लागि सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशी नेतृत्वको टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?