+
+

अपडेट : इमाडोलमा इनारभित्र खसेकी महिलाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १६:५८
फाइल फोटो

१ माघ, काठमाडौं । ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ । उनलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको छ ।

दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि तिर डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढेको बेला स्लाब फुटेर इनारभित्र खसेकी थिइन् ।

ललितपुरको सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले उनलाई उद्धार गरेर उपचारका लागि पाटन अस्पताल लगिएको जानकारी दिए । ‘उद्धार गर्न करिब साढे दुई घण्टा लाग्यो, उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ,’ डीएसपी जोशीले भने ।

उनको उद्धारका लागि नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोली पनि खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?