+
+

सेयर बजारले २२ सय नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १२:३६

३ पुस, काठमाडौं । बुधबार साढे १२ बजे सेयर बजारले २२ सय अंक नाघेको छ । लगानीकर्ताले प्रतिरोधकका रुपमा २२ सय अंकलाई लिँदै आएकोमा कारोबार भइरहँदा यो अंक पार गरेको हो ।

परिसूचक नेप्से बुधबार १२: ३० बजे अघिल्लो दिनको तुलनामा ३२ अंक बढेर २२०७ अंकमा कायम भएको हो । सो समयसम्म कुल ३ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । १६१ कम्पनीको मूल्य बढ्दा ८४ को घटेको छ भने १ को स्थिर रहेको छ ।

साढे १२ बजेसम्म बैंकिङ १.५, विकास बैंक ३.७, फाइनान्स १.४, होटल ०.७, हाइड्रोपावर ०.५, जीवन बीमा १.०, उत्पादन ०.३, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा १.५, अन्य ३.५ र ब्यापार समूह ०.८ प्रतिशतले बढेका छन् । नेपाल वेयरहाउजिङ, हिमालयन रिइन्स्योरेन्स र माथिल्लो तामाकोसीको मूल्य १० प्रतिशत बढेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?