+
+
Shares

धनुषाको जलाद नदीमा पुल निर्माणको माग गर्दै प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १७:४३

३  माघ, जनकपुरधाम। अलपत्र निर्माणधीन पुल यथाशीघ्र निर्माणको माग गर्दै धनुषाको सखुवा महेन्द्रनगरमा स्थानीयले प्रदर्शन गरेका छन् ।

मिथिला मध्यमा परिक्रमा सडक अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका-७ इच्छापुरस्थित जलाद नदीमा सात वर्षदेखि अलपत्र निर्माणाधीन पुललाई यथाशीघ्र निर्माणको माग गर्दै प्रदर्शन भएको हो ।

निर्माणधीन पुल स्थलबाट स्थानीय राजनीतिक दल तथा युवाले निकालेको विरोध जुलुस सखुवा महेन्द्रनगरमा जनकपुरधाम ढल्केवर सडक खण्डमा आधा घण्टा चक्काजाम गरेका छन् ।

दिउँसो पौने १२ बजेदेखि आधा घण्टा दबाब स्वरुप सडक अवरुद्ध गरेको नेकपा एकीकृत समाजवादीका मेयरका प्रत्यासी शिवकुमार महतोले जानकारी दिए ।यथासिघ्र पुल निर्माण नभए अगामी दिनमा अझ थप शसक्त आन्दोलन गर्न बाध्य हुने स्थानीयले चेतावनी दिएका छन् ।

जलाद नदीमा पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय सास्ती भोग्न बाध्य छन् । डिभिजन सडक कार्यालय जनकपुरबाट बनिरहेको पुल निर्माणको ठेक्का पप्पु कमल जेभी निर्माण कम्पनीले पाएको छ ।

१२० मिटर लम्बाई र ११ मिटर चौडाईको बन्न लागेको पुलको १२ करोड ३५ लाख ६३ हजार २२४ रुपियाँमा निर्माण ठेक्का पाएको थियो ।

सम्झौता बमोजिम १९ पुस २०७६ मा सम्पन्न गर्नुपर्ने पुलको पुनः समयावधि थपेको थियो । त्यसपछि १९ असार २०८० मा सम्पन्न गरिसक्नु पर्ने पुल निर्माण ५३ प्रतिशतमात्र काम गरेर अलपत्र छाडेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?