+
+

कामना सेवा विकास बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते ८:५८

४ माघ, काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमासिक अवधि (साउनदेखि पुस मसान्तसम्म) २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ बराबर थियो ।

कम्पनीको नाफा ३२ प्रतिशतले बढेको देखिन्छ । खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष यस अवधिमा वार्षिक प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४७ पैसा रहेकोमा अहिले १५ रुपैयाँ ७८ पैसा छ । बुधबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६१ रुपैयाँ छ ।

कम्पनीको खुद ब्याज आम्दानी घटे पनि निष्क्रिय कर्जामा सुधार देखिनु र इम्पेरिमेन्ट चार्ज (लोन लस प्रोभिजन) घट्दा नाफामा टेवा पुगेको देखिन्छ । गत वर्षको दोस्रो त्रैमासमा ३.७ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा अहिले ३.४२ प्रतिशतमा झरेको छ । त्यस्तै इम्पेरिमेन्ट चार्ज ३० करोडबाट २१ करोडमा झरेको छ । कम्पनीको खुद ब्याज आम्दानी भने पहिले १ अर्ब २ करोड रुपैयाँ रहेकोमा अहिले ९५ करोड ८८ लाख रुपैयाँ छ ।

बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.४१ प्रतिशत छ । यो अनुपातले बैंक थप कर्जा लगानीका लागि सहज अवस्थामा रहेको जनाउँछ । त्यस्तै बैंकको आधार दर ११ प्रतिशत छ । पहिले यस्तो आधार १२.६३ प्रतिशत थियो । आधार दर घट्नुले बैंकको समग्र ब्याजदर घट्दै गएको जनाउँछ । त्यस्तै निक्षेप र कर्जाको औसत ब्याज अन्तर अर्थात स्प्रेड दर ४.५९ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?