+
+

बाग्लुङमा दुर्गा प्रसाईंलाई हातपात गर्न खोजेको आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १५:४८

४ माघ, बाग्लुङ । बाग्लुङमा कार्यक्रम गर्न जाँदा दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास भएको छ ।

कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी मदन केसीले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरेका छौं ।’

बाग्लुङमा उनले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?