+
+

बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन (तस्वीरहरु)

आर्यन धिमाल चन्द्रबहादुर आले आर्यन धिमाल, चन्द्रबहादुर आले
२०८० मंसिर ७ गते १४:०७

७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खुमा बिहीबार दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो । काठमाडौंको विभिन्न ठाउँबाट बल्खुमा पुगेका प्रदर्शनकारीले चक्रपथमा यातायात अवरुद्ध गरेका छन् ।

उनीहरुले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण चक्रपथमा यातायात सञ्चालन हुन सकेको छैन । प्रदर्शनकारीहरु बल्खुबाट माइतीघरतर्फ जाने भन्दै कालीमाटीतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको छ । त्यस क्रममा प्रहरीसँग धकेलाधकेल भएको छ ।

प्रसाईं समूहले काठमाडौंको माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले त्यहाँ निषेधित घोषणा गरेर बल्खुमा प्रदर्शनस्थल तोकेको थियो । जनप्रशासन क्याम्पसबाहिरको सडकमा प्रदर्शनको लागि तोकेपनि प्रदर्शनकारीहरु चक्रपथमा आएका थिए ।

चक्रपथमा बिहीबार विहान युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थकबीच केहीबेर सामान्य झडप भएको थियो ।

हेर्नुहोस् तस्वीरहरु :

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?