+
+

१२ माघदेखि भृकुटीमण्डपमा कृषि प्रदर्शनी हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १२:४७
फाइल तस्वीर

४ माघ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा छैठौं नेपाल एग्रिटेक (कृषि प्रदर्शनी) हुने भएको छ ।

१२ माघदेखि सुरु हुने कृषि मेला तथा प्रर्दशनीमा स्वदेशी र विदेशी कृषिसम्बन्धी कम्पनीहरुका एकसय भन्दा स्टल रहने आयोजकले जनाएको छ ।

उक्त प्रर्दशनीमा देशभरिबाट कृषि उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, कृषकहरु आउने आयोजकको दाबी छ ।

आयोजकका अनुसार प्रदर्शनीमा कृषकहरुका समस्याबारे कृषिका विज्ञहरुले सेमिनार आयोजना गर्ने, कृषकलाई कृषि प्रविधिबारे जानकारी गराइने छ ।

१४ माघसम्म सञ्चालन हुने प्रदर्शनीको आयोजना मिडिया स्पेश सोलुशन प्रालि र फ्युचरएक्स ट्रेड फेयर ईटीएसआईपीएलले संयुक्त रुपमा गर्न लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?