+
+

सत्ता तिम्रो, सडक नागरिकको (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० माघ ५ गते १७:१०

५ माघ, काठमाडौं । काठमाडौंको माइतीघरमा जारी रहेको निषेधाज्ञा हटाउन माग गर्दै काठमाडौंको माइतीघरमै प्रदर्शन भएको छ ।

डा. गोविन्द केसी समर्थकहरुले विभिन्न नारा लेखिएका प्ले कार्ड देखाउँदै प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरमण्डलदेखि बानेश्वरसम्मको क्षेत्रलाई गत मंसिर ४ गते निषेधित क्षेत्र घोषणा गरेको थियो ।

युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ७ मंसिरमा माइतीघरमण्डलमा शक्ति प्रदर्शन गर्ने छुट्टाछुट्टै घोषणा गरेपछि उनीहरुलाई प्रदर्शन गर्नबाट रोक्न लगाइएको निषेधाज्ञा प्रशासनले अहिलेसम्म लम्ब्याएको छ ।

त्यसकै विरोधमा प्रदर्शन भएको हो । निषेधाज्ञा फिर्ता गर्न माग गर्दै यसअघि पनि प्रदर्शन हुँदै आएको थियो ।

हेर्नुहोस् तस्वीरहरू :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?