+
+

निषेधित क्षेत्रको विकल्प दिनेबारे छलफल भइरहेको छ : गृहसचिव अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १२:३०

१४ चैत, काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले शान्ति सुरक्षा कायम गर्न र मानिसहरूको आवतजावत प्रभावित हुन नदिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा घोषणा गरिएको निषेधित क्षेत्र जायज भएको बताएका छन् । यद्यपि निषेधित घोषणा गरिएका क्षेत्रको विकल्प दिनेबारे छलफल भइरहेको उनले जानकारी दिए ।

आज राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गृहसचिव अर्यालले भने, ‘काठमाडौं र ललितपुरका विभिन्न स्थानमा ५ जनाभन्दा बढी जम्मा हुन नपाउने गरी निषेधित क्षेत्र तोकिएको छ । यसको विरोध गर्ने र निषेधित क्षेत्र तोड्ने गतिविधिसमेत हुने गरेका छन् । तर शान्ति सुरक्षा कायम गर्न र मानिसहरूको आवतजावतका गतिविधि प्रभावित हुन नदिन आवश्यक देखिएको छ । पछिल्लो समयमा यसको विकल्प दिने सन्दर्भमा गृह मन्त्रालयमा समेत छलफल भइरहेको छ ।’

काठमाडौंको माइतीघर, नयाँबानेश्वर, बालुवाटार र ललितपुरको मन्त्री निवास लगायतका विभिन्न स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने र धर्ना, जुलुस लगायतका गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेका छन् । अभियन्ताहरूले त्यसको विरोध गर्दै निषेधित क्षेत्र हटाउन माग गर्दै आएका छन् ।

गृह सचिव अर्यालले विभिन्न जिल्लामा धार्मिक दंगा फैलाउने कोसिस भइरहे पनि अहिले देशको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताए । रात्रिकालीन व्यवसाय पोखरामा सुरू भइसकेको र छिट्टै काठमाडौंमा पनि हुने उनले बताए । सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको जानकारी पनि उनले गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?