+
+

एभरेस्ट बैंकको नाफा ७.८ प्रतिशत बढ्यो, निष्क्रिय कर्जा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते ८:५०

७ माघ, काठमाडौं ।  एभरेस्ट बैंकको खुद नाफा ७.८ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्मको अवधिमा खुद नाफा १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी घटेको छ भने लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढेको छ । तर फी, कमिसन आम्दानी, ब्यापारिक आम्दानी बढ्दा नाफामा योगदान पुगेको देखिन्छ । मुख्य बिजनेस जनाउने खुद ब्याद आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ६७ करोड रुपैयाँ रहेकोमा यो वर्षको सो अवधिमा ३ अर्ब ६२ करोड रुपैयाँ छ । त्यस्तै इम्पेरिमेन्ट चार्ज ३६ करोड ६६ लाखबाट बढेर ४३ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ४० करोड रुपैयाँ बराबर छ । बैंकको निष्क्रिय कर्जा केही बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा निष्क्रिय कर्जा कुल कर्जामा ०.५५ प्रतिशत रहेकोमा यो वर्षको सो अवधिमा ०.७७ प्रतिशत पुगेको छ ।

बैंकको कोष लागत ८.१५ प्रतिशतबाट घटेर ६.९९ प्रतिशतमा झरेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २९ रुपैयाँ १२ पैसा छ भने प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ५७ पैसा छ । बैंकको कर्जा र निक्षेपमा औसत ब्याजदर अन्तर (स्प्रेड दर) ४ प्रतिशत छ । वार्षिक रिटर्न अन इक्वीटी १३.२६ प्रतिशत छ । बैंकको सीडी रेसियो ८०.९४ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?