+
+

स्टान्डर्ड चार्टर्ड बैंकको निष्क्रिय कर्जा दोब्बर, नाफा सामान्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते ९:१३

७ माघ, काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा सामान्य घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ छ । गत वर्षको यस अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ७५ करोड रुपैयाँ थियो ।

बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १३ करोड रुपैयाँ बराबर छ । जुन रकम मंसिर मसान्तमा सरकारलाई एफपीओबापत लाग्ने कर बुझाएपछिको हो । त्यस्तै बैंकको खुद ब्याज आम्दानी भने घटेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी २ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ । त्यस्तै बैंकको फी, कमिसन आम्दानी बढेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६२ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ५८ पैसा छ । एक वर्षको अवधिमा बैंकको कोष लागत ७.५० प्रतिशतबाट घटेर ५.५२ प्रतिशतमा झरेको छ ।

बैंकको निष्क्रिय कर्जा भने करिब दोब्बर भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा निष्क्रिय कर्जा कुल कर्जामा ०.७२ प्रतिशत रहेकोमा अहिले १.६० प्रतिशत पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७३ प्रतिशतमा झरेको छ । पुस मसान्तसम्म आधार दर ७.५६ प्रतिशत कायम भएको छ । निक्षेप र कर्जामा बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड दर) ४ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?