+
+

भारतबाट रूस जाँदै गरेको जहाज अफगानिस्तानमा दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १४:०८

७ माघ, काठमाडौं । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो ।

रसियाली अधिकारीहरुका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो ।

त्यो जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको अफगानिस्तानको टोलो समाचार संस्थाले जनाएको छ ।

रुसका अधिकारीहरुले आइतबार राति भारतबाट उडेको जहाज अफगानिस्तानको आकाशबाट राडारसँग सम्पर्कविच्छेद भएको थियो । अफगान प्रहरीले भने उक्त जहाज दुर्घटना भएको रिपोर्ट प्राप्त भएको भनेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अधिकारीहरुका अनुसार उक्त जहाज चार्टर गरिएको एयर एम्बुलेन्स हो । त्यसमा ६ जना थिए ।

अफगानिस्तानका प्रान्तीय प्रहरी प्रवक्ताले आइतबार उत्तरी अफगानिस्तान प्रहरीलाई बदाक्षन प्रान्तमा एक विमान दुर्घटना भएको रिपोर्ट प्राप्त भएको बताएका थिए । बदाक्षन प्रान्त सरकारका प्रवक्ता जबिहुल्लाह अमिरीका अनुसार दुर्घटनास्थलमा एक टोली पठाइएको छ ।

दुर्घटनास्थल प्रान्तीय राजधानी फैजाबादबाट २०० किलोमिटर टाढा विकट क्षेत्रमा पर्दछ । त्यहाँ पुग्न १२ घण्टासम्म लाग्ने प्रवक्ता अमिरीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?