+
+

दराजको ‘फ्री डेलिभरी फेस्टिभल’ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १४:४१

काठमाडौं । दराजले आफ्ना ग्राहकका लागि सहज, सरल र सुरक्षित किनमेल सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘फ्री डेलिभरी फेस्टिभल’ नामक अफर सार्वजनिक गरेको छ ।

दराजले पहिलो पटक ल्याएको यो कार्यक्रममा निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्मको मेगा डिल्स, १ हजार रूपैयाँसम्मको मेगा भौचर, १ हजार रूपैयाँसम्मको प्रिपेमेन्ट छुटका साथै अन्य धेरै अफरहरु प्राप्त गर्न सक्नेछन् ।

९ माघदेखि सुरु हुने उक्त कार्यक्रममा फेसन, लाइफस्टाइल, ब्यूटी जस्ता विभिन्न विधाका सामानहरु खरिद गर्न सकिन्छ ।

बढ्दो महँगीका कारण ढुवानी शुल्क बढ्दा अनलाइन किनमेल समेत महँगो हुने कुरालाई मध्यनजर राखेर यो कार्यक्रम ल्याइएको कम्पनीले जनाएको छ ।

फ्री डेलिभरी फेस्टिभलले खरिदकर्ताहरुलाई घरदेखि बजारसम्मको दोहोरो यात्रा गर्न नपर्ने र घरमै सामान आउने व्यवस्था गरेर अधिक्तम बचत गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

काठमाडौं र मुख्य शहरहरुमा मात्र नभएर ग्रामीण क्षेत्रहरुका सीमान्तकृत समुदायहरुमा पनि यो सेवा विस्तार गर्न राष्ट्रव्यापी डेलिभरी सेवा प्रदन गर्ने कम्पनीको भनाइ छ ।

दराजका प्रमुख परिचालन अधिकृत विमल अर्यालले कम्पनीको प्लेटफर्ममा उपलब्ध विविध विधाका लाखौं सामानहरु ग्राहकहरुलाई समयमै सुपथ मूल्यमा प्रदान गर्ने मुख्य उदेश्य रहेको बताए ।

फ्री डेलिभरी फेस्टिभल पनि यही उदेश्यको एक अंश भएको भन्दै उनले कम्पनीमा आवद्ध साझेदार, दक्ष जनशक्ति, नवीनतम प्रविधिका कारण पूर्वमा काँकडभिट्टादेखि पश्चिममा महेन्द्रनगरसम्म वितरण सञ्जाल विस्तार गर्ने लक्ष्य पूरा गर्न सहज हुने बताए ।

२०२४ को पहिलो कार्यक्रम फ्री डेलिभरी फेस्टिभलमा बैंक कार्ड वा डिजिटल वालेटबाट अग्रिम भुक्तानी गरेमा विशेष छुटका साथै अरु थुप्रै अफरहरु समेत प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

ग्राहकहरुले डेबिटकार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गरेमा १५ प्रतिशत र क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?