+
+

काठमाडौंको भिन्तुना र्‍यालीमा दराजको झण्डा भेट्टाउने प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३० गते १३:४०

काठमाडौं । नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल सम्वतको अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्‍यालीमा सहभागिता जनाएको छ ।

दराजले प्रायोजन गरेको उक्त र्‍यालीमा प्रयोग भएका गाडीदेखि लिएर मोटरसाइकल चालकहरुले बोकेको झण्डासम्ममा दराजको लोगो र नाम देख्न सकिन्थ्यो ।

दराजका पदाधिकारीहरुले पनि सहभागिता रहेको र्‍यालीमा कलाकार, अभियन्ता तथा नेताहरुको उपस्थिति रहेको थियो ।

‘हरेक वर्ष मानइने न्यूँदया भिन्तुना नेवा समुदायको मात्र नभएर समग्र राष्ट्रको संस्कृति हो । यस्तो राष्ट्रिय संस्कृतिसँग जोडिन पाउँदा हामी एकदमै खुसी छौं र आगामी वर्षहरुमा पनि यस्तै सहकार्य गर्ने अपेक्षा राखेका छौं । दराजको ११.११ सेल चलिरहेको समयमा, यो र्या लीमा हाम्रो सहभागिताले हाम्रो संस्कृतिलाई पनि योग्दान हुने र हाम्रो सेललाई तथ प्रभावकारी बनाउने हाम्रो विश्वास छ’ र्‍यालीमा सहभागी दराजका साझेदारी प्रबन्धक अमुल वैद्यले भने ।

र्‍यालीका लागि दराज नेपालले सामाजिक सञ्जालमा एउटा पोष्ट राख्दै ‘स्पट द फ्ल्याग ’ नामक प्रतियोगिताको घोषणा गरेको थियो जहाँ र्‍यालीमा प्रयोग भएको दराजको झण्डाको फोटो खिचेर कमेन्ट गर्ने केही भाग्यशाली विजेताहरुले ५०० रूपैयाँसम्मको डिस्काउण्ट भौचर पाउने छन् । यो प्रतियोगिताको विजेता घोषणा १ मंसिर शुक्रबार हुने दराजले जनाएको छ ।

२५ कात्तिकदेखि चलेको दराज ११.११ सेल ६ मंसिरसम्म चल्ने छ । जहाँ ग्राहकहरुले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन र मनेरञ्जन जस्ता विभिन्न विधाका १० लाखभन्दा धेरै प्रोडक्टहरुमा ७ करोडसम्मको छुट पाउनेछन् ।

यो सेलमा मेगा भौचरमा १० हजार रूपैयाँसम्मको छुट, मेगा डिलस्मा ८० प्रतिशतसम्मको छुट, साथै मेगा गिभअवे अन्तर्गत ११ भाग्यशाली विजेताहरुले सीजी ब्राण्डको वासिङ मेसिन जित्ने मौका पनि समावेश छ ।

साथै, बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १५ प्रतिशत अधिकतम २ हजार रुपैयाँसम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत अधिकतम २ हजार ५०० रूपैयाँको छुट प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?