+
+

यू-१९ विश्वकपमा नेपाललाई सुवासले दिलाए पहिलो सफलता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १४:४८

७ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध नेपालका स्पिनर सुवास भण्डारीले टोलीलाई पहिलो सफलता दिलाएका छन् ।

सुवासले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरे । ल्यूकले २५ बलमा २ चौका हाने । टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले १०.१ ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको छ ।

न्युजिल्यान्डका ओपनर टम जोन्स ३६ बलमा ५ चौकासहित ३० रनमा क्रिजमा छन् । नेपालले सुरुवाती दश ओभरमा चार बलर प्रयोग गरेको छ ।

स्पिनर दीपेश कँडेलले १ ओभरमा १० रन खर्चेका छन् । तीव्र गतिका बलर आकाश चन्दले ३ ओभरमा १७ रन खर्चिएका छन् । नेपालका प्रमुख बलर गुलशन झाले ५ ओभरमा १९ रन खर्चिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?