+
+

यू-१९ विश्वकपमा नेपालविरुद्ध न्युजिल्यान्डको १०० रन पूरा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १५:३८

७ माघ, काठमाडौं । न्युजिल्यान्डले आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालविरुद्ध १०० रन पूरा गरेको छ ।

टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले २४ ओभरमा ३ विकेट गुमाउँदै १०० रन बनाएको छ ।

न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सन २९ बलमा १ छक्कासहित १७ तथा स्नेहित रेड्डी ४२ बलमा १ चौकासहित २६ रनमा खेलेका छन् । चौथो विकेटका लागि ५७ बलमा ३३ रनको साझेदारी गरेका छन् ।

त्यसअघि १९ औं ओभरको तेस्रो बलमा एक रन लिनेक्रममा ओस्कर ज्याक्सनलाई स्क्वायर लेगबाट अर्जुन कुमालले डाइरेक्ट स्टम्प ताकेका थिए । ओस्कर आउट सम्झेर पभेलियनतर्फ फर्किसकेका थिए । तर टिभी रिप्लेमा केहि सेकेन्डले मात्रै रन आउट हुनबाट जोगिएपछि पुन ब्याटिङ गर्न फर्किएका थिए ।

पावर प्लेमा भने नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । तर पावरप्ले सकिएपछि नेपालले बाँकी १७ रन खर्चिदा ३ विकेट प्रमुख विकेट लिएपछि खेलमा फर्किएको थियो ।

न्युजिल्यान्डलाई ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०.१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

स्पिनर सुवास भण्डारीले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरे ।

नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए । तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरे । उनले ४५ बलमा ५ चौका प्रहार गरेका थिए ।

१५ औं ओभरको तेस्रो बलमा दीपेश कँडेलले ओलिभर टेवाटियालाई शून्यमा क्याच आउट गराए । उनी विकेटकिपर उत्तमथापा मगरबाट क्याच हुँदै शून्यमा पेभिलिएन फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?