+
+

नेपालविरुद्ध रेड्डीको अर्धशतक, घातक चौथो विकेटको साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १६:१०

७ माघ, काठमाडौं ।  न्युजिल्यान्डका मध्यक्रमका ब्याटर स्नेहित रेड्डीले आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ६० बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

उनी ६२ बलमा ५ चौकासहित ५२ रनमा क्रिजमा छन् । उनलाई कप्तान ओस्कर ज्याक्सनले ४४ बलमा २ छक्कासहित ३० रनमा राम्रो साथ दिएका छन् । एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई खेलमा फर्काउन चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै बलियो योगफलको सम्भावना देखाएका छन् ।

टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले २४ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३८ रन बनाएको छ । न्युजिल्यान्डलाई ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०.१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

स्पिनर सुवास भण्डारीले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरे ।  नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए । तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरे । उनले ४५ बलमा ५ चौका प्रहार गरेका थिए ।

१५ औं ओभरको तेस्रो बलमा दीपेश कँडेलले ओलिभर टेवाटियालाई शून्यमा क्याच आउट गराए । उनी विकेटकिपर उत्तम थापा मगरबाट क्याच हुँदै शून्यमा पेभिलिएन फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?