+
+

विश्वकपमा शतक हान्ने पहिलो नेपाली खेलाडी बन्न चुके अर्जुन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते २१:०५

७ माघ, काठमाडौं । नेपालका युवा ब्याटर अर्जुन कुमाल आईसीसी यू–१९ विश्वकप २०२४ मा न्युजिल्यान्डविरुद्ध शतक बनाउनबाट चुकेका छन् । तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३७ औं ओभरको दोस्रो बलमा अर्जुन थर्डम्यानमा ९० रनमा क्याच आउट भएपछि शतक बनाउनबाट चुकेका हुन् ।

बाउन्सर बल थर्डम्यानको माथि सट खेल्ने क्रममा अर्जुन क्याच हुन पुगे । अर्जुनले १०४ बलमा १२ चौकासहित ९० रन बनाए । हालसम्म विश्वकपमा नेपालले शतक बनाउन सकेको छैन । यू-१९ विश्वकपमा एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान प्रदीप ऐरीको नाममा छ । प्रदीप ऐरीले २०१२ को यू-१९ विश्कवकपमा नामिबियाविरुद्ध ९८ रन बनाएका थिए ।

अर्जुनले आफ्नो यू-१९ अन्तर्राष्ट्रिय करिअरमा दुई शतक बनाइसकेका छन् । अर्जुनले गत अक्टोबरमा मलेसियामा सम्पन्न एसिसी यू–१९ प्रिमियर कपमा साउदी अरेवियाविरुद्ध १११ बलमा १७ चौका र २ छक्कासहित १४३ रनको सानदार शतकीय इनिङ्स खेलेका थिए ।

त्यो कुनै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा प्रहार गरेको उच्च रन हो । अर्जुनले वर्ष गत फागुनमा आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रनको शानदार शतकीय इनिङ खेलेका थिए ।

आइतबार न्युजिल्यान्डविरुद्ध अर्जुनले ब्यक्तिगत १४, ८६ रन र ८८ रनमा दुई ठूला जीवनदान पाएका थिए । आठौं ओभरको चौथो बलमा फाइन लेगमा न्युजिल्यान्डका खेलाडीले क्याच छाड्न पुगेका थिए । सर्ट बल पुल खेल्ने क्रममा अर्जुनले उक्त जीवनदान पाएका थिए । त्यस्तै ३६ औं ओभरको पहिलो बलमा एवाल्ड कट एन्ड बोल्ड गर्न चुकेका थिए ।

३७ औं ओभरमा मिडअनमा ८८ रनमा क्याच छुट्न पुग्दा पुन जीवनदान पाएका थिए । अर्जुनले गत डिसेम्बरमा अफगानिस्तानविरुद्ध ९१ रन बनाएर आउट भएका थिए  । जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले अर्जुन आउट हुँदा ३८ ओभरमा ८ विकेट गुमाउँदै १८३ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?