+
+

‘पोएट आइडल’को दोस्रो सिजन माघ २२ देखि हिमालय टिभीमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १३:५१

काठमाडौं । कविताबारेको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ माघ २२ देखि हिमालय टिभीमा प्रसारण हुने भएको छ । टेलिभिजन र निर्देशक अमनप्रताप अधिकारीबीच यसबारे सहमति भएको छ ।

प्रत्येक सोमबार र मंगलबार राति ९ बजे कार्यक्रम प्रसारण हुने जनाइएको छ । अडिसन चरण सकिएको छ र यसबाट १४ जना प्रतिस्पर्धी छनोट भएका छन्, जसमा सिक्किमबाट दुई, दार्जिलिङ र सिलिगुढीबाट एक–एक जना र बाँकी प्रतिस्पर्धी नेपालबाट छन् ।

अडिसन राउण्डका चार एपिसोड प्रसारण हुने भएको छ । पाँचौंबाट पर्फमेन्स राउण्ड सुरु हुनेछ । यो चरणमा सात-सात जनाको ए र बी टिम बनाएर पर्फमेन्स गर्न लगाइनेछ । त्यसपछि वाइल्ड कार्ड र मर्ज एपिसोड राउण्ड हुनेछन् ।

प्रतिस्पर्धीले संगीत, प्रप्स र मान्छे राखेर समेत एक्ट पर्फमेन्स दिनुपर्नेछ । निर्देशक अधिकारीले दोस्रो सिजन सांगीतिक रुपमा विशेष समेत हुने बताए । ‘यो सिजनमा मोर म्युजिकल पर्फमेन्स हुनेछ,’ उनले भने, ‘यसपटक म्युजिकल टिमलाई ग्रान्ड बनाउने प्रयास गरेका छौं ।’

दोस्रो सिजनमा कुल ३१ एपिसोड हुनेछ । फिनाले जेठमा गर्ने तयारी छ । यो सिजनको जजमा उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीकलाई निरन्तरता दिइएको छ । नयाँ एक महिला जजको भने घोषणा गरिएको छैन । शोलाई दिव्यदेवले होस्ट गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?