+
+

चलचित्र विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १६:२५
फाइल तस्वीर

काठमाडौं । मन्त्रिपरिषद् बैठकले चलचित्र (निर्माण, प्रदर्शन र वितरण) सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले संचार तथा सूचना प्रविधि मन्त्रालयले पेश गरेको फिल्म विधेयकको प्रक्रियालाई अघि बढाउन स्वीकृति दिएको हो ।

मन्त्रिपरिषद्को स्वीकृतिपछि मन्त्रालयले चलचित्र विकास बोर्डमार्फत मस्यौदा बनाउनेछ । त्यो मस्यौदालाई सहमतिको लागि अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पठाइनेछ । अर्थ र कानूनबाट सहमति प्राप्त भएपछि संसदमा पेश गर्नको लागि प्रधानमन्त्री कार्यालयमा बुझाइन्छ ।

मन्त्रिपरिषद्को विधायन समितिमा यसबारे छलफल हुन्छ । उक्त छलफलको प्रतिवेदनको आधारमा मन्त्रिपरिषद् बैठकले विधेयक स्वीकृत गर्ने प्रक्रिया छ । त्यसपछि कानून मन्त्रालयमार्फत उक्त विधेयक संसदमा पेश हुन्छ । संसद र संसदीय समितिमा दफावार छलफलपछि पास हुने प्रक्रियामा अघि बढ्छ ।

संसदबाट पास भएपछि त्यसलाई प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालय पठाइन्छ । राष्ट्रपतिबाट अनुमोदन भएपछि त्यो ऐन बन्छ र यसले कानूनको रुप लिन्छ ।

चलचित्र विकास बोर्ड र सेन्सर बोर्डले गतसाता विधेयकलाई लिएर सुझाव संकलन गर्न सरोकार निकायलाई छलफलमा बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?