+
+

कर्णालीका कर्मचारीलाई संकेत नम्बर प्रदान गरियो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १८:०६

१० माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारका कर्मचारीलाई वैयक्तिक विवरण संकेत नम्बर (सिटरोल) प्रदान गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच ५ जना प्रदेश सरकारका निजामती कर्मचारीलाई प्रमुख सचिव चुडामणि पौडेलले वैयक्तिक विवरण फाराम प्रदान गरेका हुन् ।

प्रदेश लोकसेवाबाट सिफारिस प्रदेश निजामती कर्मचारीहरुको वैयक्तिक विवरण फाराम (सिटरोल) संकेत प्रदान गरिएको हो ।

प्रदेश प्रमुख सचिव पौडेलले कर्णाली प्रदेश अभिलेख शाखा अद्यावधि रहने गरी निजामती कर्मचारीको वैयक्तिक विवरणको अद्यावधि कार्य मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको अभिलेख शाखाबाट हुने बताए ।

उनका अनुसार पहिलो पटक ३ सय २६ जना प्रदेश निजामती कर्मचारीको वैयक्तिक विवरण प्रमाणित भई सिटरोल नम्बरसहितको फाराम प्रदान गरिएको छ । स्थानीय कर्मचारीको हकमा निजामती किताब खानासँग कर्मचारी विवरण अनलाइनमा अद्यावधिक गर्न किताब खानालाई अनुरोध गरिएको पनि उनले बताए ।

स्वीकृति प्राप्त भएपछि ८६४ जना स्थानीय तहका कर्मचारीको वैयक्तिक विवरण अनलाइनमा अभिलेख गरी सिटरोल प्रदान गरिने छ ।

कर्णाली प्रदेश निजामती कर्मचारी संघ, स्थानीय र प्रदेशमा जहाँ सरुवा–बढुवा भएपनी फरक नपर्ने गरी सिटराेल व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रशासन महाशाखाका सचिव विष्णु प्रसाद कोइरालाले बताए ।

यो कार्यले सरुवा–बढुवा, पेन्सन लगायत कार्यमा एकरुपता कायम हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?