+
+

सुनिल धमला अष्ट्रेलिया जाने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १८:४६

१० माघ, काठमाडौं । नेपाली क्रिकेट टोलीबाट खेलिसकेका नेपाल पुलिस क्लबका ओपनर सुनिल धमला अष्ट्रेलिया जाने भएका छन् ।

नेपाल पुलिस क्लबले बुधबार मूलपानी क्रिकेट मैदानमा मधेश प्रदेशविरुद्धको खेलपछि उनलाई बिदाइ गरेको छ ।

२०१६ देखि पुलिसको टोलीमा रहँदै धमलाले पहिलो रोजाइको ओपनरको रुपमा खेल्दै आएका थिए । धमला अष्ट्रेलियामा हुने घरेलु क्रिकेट प्रतियोगिता खेल्न जानेछन् ।

नेपाल पुलिस क्लबका क्रिकेट म्यानेजर चित्र विष्टले उनी शुक्रबार अष्ट्रेलिया जाने जानकारी दिए । प्रधानमन्त्री कपमा उनको स्थानमा पुलिसले प्रेम तामाङलाई टोलीमा समेटेको छ ।

धमलाले नेपालबाट ५ लिष्ट ए र १ ओडीआई खेल खेलेका छन् । धमलाले २०२२ जुनमा अमेरिकामा ओमानविरुद्ध एकमात्रै ओडिआई खेल खेल्ने अवसर पाएका थिए ।

नेपालका लागि भने २०१७ मा केन्याविरुद्ध टियुमा डेब्यू गरेका थिए । २०१६ को यू–१९ विश्वकप र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै धमलाले नेपाली टोलीमा डेब्यू गरेका थिए ।

तर उनले अपेक्षा गरे अनुसार भने मौका पाउन सकेका थिएनन् । फुटबलपछि क्रिकेट खेलाडी पनि पछिल्लो समय अष्ट्रेलिया जान थालेका छन् ।

नेपालबाट पछिल्लो दुई वर्षमा नन्दन यादव, किशोर महतो, योगेन्द्रसिंह कार्की, अनिल खरेल, सुशान भारी लगायतका खेलाडी अष्ट्रेलिया पुगि सकेका छन् ।

आगामी दिनमा ठूला सम्भावना बोकेका केहि युवा खेलाडी पनि जाने तयारीमा रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?