+
+

नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई हराए सुपर सिक्समा पुग्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते २१:४८

१० माघ, काठमाडौं । नेपालले आइसिसी यू-१९ विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराउन सके सुपर सिक्समा पुग्ने भएको छ । समूह डी का नेपाल र अफगानिस्तान सुरुवाती दुबै खेलमा पराजित भएपछि अन्तिम खेल सुपर सिक्समा पुग्न निर्णायक हुने भएको छ ।

शुक्रबार विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखी १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने स्पष्ट समीकरण बनेको छ । नेपाल बुधबार पाकिस्तानसँग पराजित भएपछि उक्त स्पष्ट समीकरण निस्केको हो ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेट पराजित भयो । उता अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले हारेको थियो ।

समूह डी मा समान ४ अंक भए पनि नेट रनेटको कारण पाकिस्तान शीर्ष स्थानमा छ । अंकविहीन भएपनि नेटरनरेटको कारण नेपाल तेस्रो स्थान र अफगानिस्तान पुछारमा छ ।

विश्वकपमा १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । समूह ए र डी बाट आउने शीर्ष तीन तीन एउटा सुपर सिक्स तथा बी र सी बाट आउने शीर्ष तीन तीन टोली अर्को सुपर सिक्समा हुनेछन् ।

दुबै सुपर सिक्सका शीर्ष दुई दुई टोली सेमिफाइनल खेल्नेछन् । हरेक समूहका पुछारका चार टोलीले भने १३ देखी १६ औं स्थानको लागि प्लेअफ खेल्नु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?