+
+

कर्णालीमा सकियो राष्ट्रिय सभाको मतदान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १३:३५

११ माघ, सुर्खेत । राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ । तीन सदस्यका लागि प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेदेखि मतदान सुरू भएको थियो ।

दिउँसो १ बजेसम्म स्थानीय तहका सबै मतदाताहरुले मतदान गरिसकेका छन् भने प्रदेश सभातर्फ कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङ्ग मात्रै बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

‘मतदान करिब करिब सकिएको छ । प्रदेशकी सभामुख मात्रै मतदान गर्न बाँकी रहनुभएको छ,’ निर्वाचन अधिकृतको कार्यालयका उज्जवल रावलले अनलाइनखबरसँग भने, ‘उहाँ आउँदै हुनुहुन्छ रे भन्ने सुनेका छौं । उहाँले मतदान गर्नुभयो भने सतप्रतिसत मत खस्छ ।’

कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदान छन् । प्रदेशसभाका ३९ र स्थानीय तहका १५६ मतदाताले मतदान गरेका छन् । कर्णालीमा स्थानीय तहका मात्रै १५८ मतदाता रहेका थिए ।

जसमा दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको एक वर्षअगाडि मृत्यु भएको थियो भने जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको कात्तिक १७ गते भूकम्पका कारण मृत्यु भएको थियो । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

राष्ट्रिय सभाको तीन सिटका लागि कर्णालीमा ६ जनाले उम्मेदवारी दिएका छन् । जस्मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु बहादुर विक (कालीकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन् ।

त्यस्तै नेकपा एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार रहेका छन् ।

योमध्ये सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७७९ मतभार संख्या छ । यो भनेको एमालेको भन्दा तीन गुणाले बढी हो । एमालेको मतभार संख्या एक हजार १९५ मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?