+
+

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा पालिकातर्फबाट दुई मत खसेन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १५:२५

११ माघ,बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा भएको मतदानमा पालिकाका प्रमुख उपप्रमुखतर्फ दुईजनाको मत खसेन ।

३०५ जना मतदाता रहेकोमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत गरी ३०३ मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए ।

बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय मतदानमा आउन नसक्ने जानकारी गराएकाले दुई जनाको मत नखसेको पाण्डेले बताए ।

दुई सीटका लागि भएको निर्वाचनमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले महिला क्लस्टरमा गुल्मीका विष्णुकुमारी सापकोटा र नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनाएको छ ।

यस्तै नेकपा एमालेले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री, महिलातर्फ दाङका तुलसा कुमारी केसीलाई उम्मेदवार बनाएको छ । राप्रपाले महिला क्लस्टरमा कपिलवस्तुकी विजया लक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ ।

जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बाल गोविन्द चौधरी उम्मेदवार छन् ।

लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता छन् । प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?