+
+

निर्वाचन बिथोल्न पतिको बन्द, पत्नीले गरिन मतदान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १४:५९

११ माघ,  जनकपुरधाम । राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरेर प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज मधेश बन्दको घोषणा गरेको छ ।

तर, साहकी श्रीमती रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले नै बन्दको अवज्ञा गर्दै राष्ट्रियसभाको चुनावमा मतदान गरेकी छन् ।

दुई राष्ट्रिय सभा सदस्यको लागि आज भएको मतदानमा हाल पदमा कायम रहेको १३६ पालिकाका सबै प्रमुख र उपप्रमुख गरेर २६७ जनाले मतदान छन् ।

आजपाले आज बिहानै जनकपुरधाममा प्रदर्शन गर्दै यातायात बन्द गराउने प्रयास गरेका थिए । त्यस क्रममा २३ कार्यकर्ता पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?