+
+
Shares

अग्रगामी मोर्चा हिमाल, पहाड र मधेशको साझा प्लेटफर्म हो : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २३ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकको विद्यमान संकट अन्त्य गर्न नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताएका छन् ।
  • अध्यक्ष साहले मुलुकलाई फेक शासनबाट मुक्त गरी असल शासनतर्फ लैजान अग्रगामी मोर्चा निर्माण गरिएको उल्लेख गरे ।
  • उनले यो मोर्चा सत्ता वा पदको भागबण्डाका लागि नभई देशलाई समृद्धिको दिशामा लैजान केन्द्रित रहने स्पष्ट पारेका छन् ।

२३ साउन, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

‘देश निरन्तर संकटको यात्रामा छ । ४६ सालको आन्दोलन, जनयुद्ध र मधेस आन्दोलनका माध्यमबाट ठूलो बलिदानी त भयो, तर जनताले अपेक्षा गरेको सुखद् दिन अझै आउन सकेको छैन,’ साहले भनेका छन् ।

अध्यक्ष साहले ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनले व्यवस्था बदले पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको टिप्पणी पनि गरे ।

वर्तमान राजनीतिमा धोका, बेइमानी र अनैतिकता हाबी भएको भन्दै यसलाई तोड्न जरुरी रहेको उनको भनाइ थियो ।

नवनिर्मित मोर्चाको उद्देश्य सत्ता प्राप्ति वा पदको भागबण्डा नभई देशलाई समृद्धिको दिशामा लैजानु रहेको उनले बताए ।

‘चुनावअघि सुशासन र सेवा प्रवाहका ठूला कुरा गर्नेहरू अहिले सत्तामा पुगेपछि नागरिकलाई लाइनमा बस्न बाध्य पारिरहेका छन् । हाम्रो यो मोर्चा कुनै मन्त्रालय वा शक्ति बाँडफाँडका लागि बनेको होइन,’ उनले भने, ‘यो त मुलुकलाई फेक शासनबाट मुक्त गरी असल शासनतर्फ लैजान, स्वाधीन नेपाल बनाउन र वास्तविक लोकतन्त्रको रक्षाका लागि निर्माण गरिएको हो ।’

साहका अनुसार यो मोर्चा हिमाल, पहाड र मधेशको साझा प्लेटफर्मका रूपमा रहनेछ । नेपालमा राजनीतिक स्थायित्व नहुने र गठबन्धनहरू छिट्टै टुट्ने प्रवृत्तिको अन्त्य गर्दै यो मोर्चालाई दीर्घकालीन रूपमा अगाडि बढाउने संकल्प पनि उनले गरे ।

विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा साहले निराश जनतामा उत्साह जगाउन र देशको अस्तित्व रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?