+
+
Shares

पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिइएकोप्रति पूर्वमन्त्री साहको आपत्ति

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आपत्ति जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १३:२२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार राति घरबाट नियन्त्रणमा लिएको छ।
  • कुन कसुर र के पुर्जीका आधारमा नियन्त्रणमा लिइयो भन्नेबारे प्रहरीले प्रष्ट नखुलाएपछि प्रभु साहले आपत्ति जनाएका छन्।
  • साहले सामाजिक सञ्जालमा यो गैरकानूनी र स्वेच्छाचारी कार्यको निन्दा गर्न आग्रह गरेका छन्।

११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आपत्ति जनाएका छन् ।

‘सुरक्षाको बहाना बनाएर पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय हो,’ उनले सामाजिक सञ्जालमा लेखेकाा छन्, ‘आज राज्यका विशिष्ट व्यक्तित्वहरू नै सुरक्षित छैनन् र कानुनी प्रक्रिया यसरी मिचिन्छ भने भोलि सर्वसाधारणको अवस्था के होला ?’

जबरालाई प्रहरीले शनिबार राति घरबाट नियन्त्रणमा लिएको हो । तर कुन कसुर र के पुर्जीको आधारमा समातिएका हुन् भन्नेबारे प्रहरीले प्रष्ट खुलाएको छैन । यसबारे सरकारी निकायहरूले पनि आधिकारिक रुपमा केही बोलेका छैनन् ।

यसैलाई आधार बनाएर पूर्वमन्त्री साहले प्रश्न उठाएका हुन् । उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘यो गैरकानूनी र स्वेच्छाचारी कार्यको सबैले निन्दा गरौँ । कानुनी शासनका लागि आवाज बुलन्द गरौँ ।’

राज्यका विशिष्ट व्यक्तित्वहरू नै सुरक्षित छैनन् र नियन्त्रणमा लिँदा कानुनी प्रक्रिया यसरी मिचिन्छ भने सर्वसाधारणको अवस्था के होला भन्दै साहले आपत्ति जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?