+
+

थुनुवालाई भगाएर आफू पनि भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १२:३७

१२ माघ, काठमाडौं । लागु औषधसहित पक्राउ परेका एक भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका तत्कालीन प्रहरी जवान विरवल राय यादव १६ वर्षपछि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका भारतको रक्सौल घर भएका ३९ वर्षीय असरफ आलमलाई २०६४ सालमा भगाएर आफू पनि भागेका यादव यही माघ ११ गते पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले नेपाल–भारत सिमानाको काकडभिट्टाबाट माघ पक्राउ परेको हो ।

उनलाई काठमाडौं ल्याएर माघ १२ गते (शुक्रबार) आवश्यक कारबाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

रौतहटको पथरावुधराम–३ घर भई सोही कार्यालयको हिरासत कक्षमा कार्यरत प्रहरी जवान यादवले नक्कली चिट आफैं बनाई आफैंले फिल्ड अधिकृत (इन्सपेक्टर)को किर्ते दस्तखत समेत गरी इन्सपेक्टर साबले बोलाउनु भएको छ भनी हिरासत कक्षबाट हतकडी सहित बाहिर निकालेर भगाएका थिए ।

प्रहरी निरीक्षकको किर्ते दस्तखत गरी प्रहरी जवान यादवले आलमलाई हिरासतबाट निकाली कालिमाटी–कलंकी–बुटवल हुँदै भारतको भारतको रक्सौल पुर्याएका थिए ।

त्यसवाफत उनले तत्कालीन समयमा ६ लाख २५ हजार रुपैयाँ पाएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । त्यो रकमबाट यादवले भारतको कलकत्तामा दुईवटा ट्याक्सी खरिद गरी चलाउन सुरु गरेका थिए । अहिले उनीसँग नौ वटा ट्याक्सी, भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्स समेत रहेको प्रहरीले जनाएको छ । उनी भारतको कलकत्तामा श्रीमतीसहित बसोबास गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?