+
+

वैजयन्ती माला र चिरञ्जीवीलाई पद्मविभूषण, मिथुन र उषा उत्थुपलाई पद्मभूषण दिइने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १३:५५

काठमाडौं । भारतले सन् २०२४ को पद्म पुरस्कारको घोषणा गरेको छ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा घोषणा गरिएको पद्म अवार्ड १३२ सेलिब्रेटीलाई दिइने छ । जसमा फिल्म क्षेत्रका चर्चित व्यक्तित्वको नाम पनि समावेश छ ।

पद्मविभूषणका लागि अभिनेत्री वैजयन्ती माला कोनिडेला चिरञ्जीवी, मिथुन चक्रवर्ती र उषा उथुपको नाम पद्मभूषण अवार्डका लागि छनोट भएको छ । आउँदो मार्च–अप्रिलमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले पुरस्कार वितरण गर्नेछिन् । पद्म पुरस्कारलाई भारतको सर्वोच्च नागरिक सम्मान मानिन्छ ।

८७ वर्षीया वैजयन्ती माला ५० देखि ६० को दशककी उत्कृष्ट अभिनेत्री थिइन् । १३ वर्षको उमेरमा उनले तमिल फिल्मबाट करिअर सुरु गरेकी थिइन् । उनले आशा, नयाँ दौर, साधना, मधुमती जस्ता उत्कृष्ट फिल्ममा अभिनय गरेकी छन् ।

६८ वर्षीय अभिनेता चिरञ्जीवीले १५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले सन् २००८ मा आन्ध्र प्रदेशमा राजनीतिक पार्टी प्रजा राज्यम खोलेका थिए । उनले सन् २००६ मा पद्मभूषण पाएका थिए ।

पद्मा सुब्रमण्यम भरतनाट्यम नर्तक हुन् । उनी रिसर्च स्कोलर, कोरियोग्राफर, शिक्षक, इन्डोलोजिस्ट र लेखक पनि हुन् । उनको सम्मानमा जापान, अष्ट्रेलिया र रुसमा धेरै फिल्म र डकुमेन्ट्री बनेका छन् ।

७३ वर्षका मिथुन ८०–९० को दशकका उत्कृष्ट कलाकारमध्येका एक थिए । उनले फिल्म क्षेत्रमा स्थान बनाउन निकै संघर्ष गर्नुपरेको थियो । एक अभिनेताको रूपमा आफ्नो करिअर सुरु गर्नुअघि उनी प्रसिद्ध अभिनेत्री हेलेनको सहायक थिए ।

उनले सन् १९७६ मा आएको फिल्म ‘मृगया’बाट फिल्मी यात्रा सुरुवात गरे । उनी डिस्को–डिस्को (१९८२), कमाण्डो (१९८८), प्यार झुक्ता नही (१९८५), गुलामी (१९८५), मे इन्साफ चाहिये (१९८३), घर एक मन्दिर (१९८४), स्वर्ग से सुन्दर (१९८४), स्वर्ग से सुन्दर (१९८६) र प्यार का मन्दिर (१९८८) जस्ता फिल्मका लागि चिनिन्छन् ।

उषा उथुप भारतकी पहिलो पपगायिका हुन् । उनले नौ वर्षको उमेरमा पहिलो प्रस्तुति दिएकी थिइन् । करिअरको सुरुवाती दिनमा उषा नाइट क्लबमा गीत गाउँथिन् । उषाको स्वरबाट प्रभावित भएर देव आनन्दले उनलाई बम्बे टाकिज (१९७१) मा गाउन प्रस्ताव गरे । उषाले फिल्ममा शंकर–जयकिशनसँग अंग्रेजी गीत गाएकी थिइन् । उनले फिल्ममा गीत गाएको यो पहिलो पटक हो । हिन्दी र अंग्रेजीबाहेक उषाले गुजराती, मराठी, कोंकणी, डोगरी, खासी, सिन्धी र ओडिशालगायत १६ अन्य भाषामा गीत गाएकी छिन् ।

यीबाहेक संगीतकार प्यारेलाल शर्मा, मराठी फिल्म निर्देशक दत्तात्रेय अम्बादास मायालु र तमिल सिनेमाका चर्चित अभिनेता तथा राजनीतिज्ञ विजयकान्तलाई पद्मभूषण पुरस्कारका लागि छनोट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?