+
+

नेपाली फिल्म र टिभी कार्यक्रम प्रवर्द्धनमा खल्तीको निरन्तर सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १६:०७

काठमाडौं । डिजिटल वालेट खल्तीले स्थापनाको सात वर्ष पूरा गरेको छ । यो व्यावसायिक यात्रामा खल्तीले तीन वर्षदेखि नेपाली फिल्म र टेलिभिजन कार्यक्रमको प्रवर्द्धनमा पनि सहकार्य गर्दै आइरहेको छ ।

अहिलेसम्म खल्तीले ४० भन्दा बढी नेपाली फिल्मसँग सहकार्य गरेको छ । यो सहकार्यबाट नेपाली फिल्मका निर्माता र कलाकारले पनि लाभ लिइरहेका छन् । केही नेपाली फिल्मको टिकट काट्दा ३५ प्रतिशतसम्मको हिस्सा लिंदै व्यापारमा सघाएको छ ।

खल्तीले फिल्म ‘परस्त्री, हल्कारा, बिहे पास, छड्के २, छक्कापञ्जा ४’ लगायतका फिल्म रिलिजका क्रममा १० प्रतिशत क्यासब्याकको अफर ल्याएको थियो । यस्तै ‘बहाव’को रिलिजका क्रममा क्विज समेत राखेर प्रमोसन गरेको थियो ।

खल्तीले फिल्म ‘महापुरुष’ रिलिजका क्रममा ‘आफ्नो महजोडी’को तस्वीर खिचाएर ट्याग गर्न आग्रह गर्दै यो फिल्मको दुईवटा टिकट जित्ने अवसर समेत प्रदान गरेको थियो । ‘बहाव’ फिल्मका निर्माता श्रीधर पौडेलले भने, ‘खल्तीले नेपाली फिल्मलाई साथ दिन थालेपछि नेपाली फिल्मको मार्केटिङ नयाँ ढंगले अगाडि बढेको छ । हाम्रो फिल्म बहावको रिलिजका क्रममा पनि खल्तीले दिएको साथले महत्वपूर्ण प्रभाव पारेको थियो ।’

फिल्म ‘फूलबारी’सँग पनि खल्तीको सहकार्य भयो । खल्ती एपबाट ५० सेकेन्डमै फिल्मको टिकट काट्न सकिन्छ । यसैले फिल्मको टिकट खरिदमा यो डिजिटल वालेटले निकै सहज गराएको छ । खल्तीबाट ५१ वटा हलका १२० पर्दामा सहजै टिकट काट्न सकिन्छ ।

सात वर्षको यात्राका क्रममा ग्राहकको राम्रो साथ पाएको खल्तीले आगामी दिनमा पनि नेपाली फिल्मसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?