+
+

कृषाको एक्सन फिल्म ‘पिताम्बर’मा सुरक्षा पन्त र प्रदीप खड्का अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १३ गते १९:२४

काठमाडौं । कृषा चौलागाईंले निर्देशन गर्न लागेको आगामी फिल्म ‘पिताम्बर’को शीर्ष भूमिकामा सुरक्षा पन्त, प्रदीप खड्का, कामेश्वर चौरासिया र प्रमोद अग्रहरि अनुबन्धित भएका छन् ।

अभिनेता खड्काले शनिबार निर्माण कम्पनी केपी फिल्म्ससँग लिखित सम्झौता गरेका छन् । ‘अहिलेसम्म यी चारजनालाई औपचारिकरुपमा कास्टिङ गरेका छौं’ निर्देशक चौलागाईंले अनलाइनखबरसँग भनिन् ।

यी एक्टरले निर्वाह गर्ने चरित्रबारे उनले खुलाइनन् । केही दिनमा थप केही कलाकारलाई कास्टिङ गर्ने उनले बताइन् । आँचल शर्मा र अनुपविक्रम शाहीलाई अप्रोच गरिएको छ तर, यसबारे निधो छैन ।

‘ऐंचोपैंचो’पछि चौलागाईंको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । फिल्मलाई तीन सिजनको चरणमा खिचिनेछ । माघ, बैशाख र असार–साउनको महिनामा छायांकन गर्ने तयारी छ । चौलागाईंले भारतमा समेत छायांकन हुनसक्ने जानकारी दिइन् ।

‘मेरा लागि यो ड्रीम प्रोजेक्ट हुनेछ’ फिल्मबारे कृषाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?