+
+

जनकपुरमा विद्यार्थी नवीनता सम्मेलन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते ९:५९

१३ माघ, जनकपुरधाम । जनकपुरमा दुईदिने राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलन सम्पन्न भएको छ ।

नेपाली युवा उद्यमी फोरम जनकपुर च्याप्टरको आयोजनामा शुक्रबार र शनिबार भएको पहिलो सम्मेलनमा १७० विद्यार्थीलाई उद्यमसम्बन्धी प्रशिक्षण दिइएको छ ।

विभिन्न कम्पनीका दक्ष युवा सञ्चालकहरुले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका हुन् । पहिलो दिनमै प्रशिक्षण पाएका विद्यार्थीहरु दोस्रो दिन शनिबार मिथिला पेन्टिङ्गदेखि चुरा तिलको लड्डुसहितका खाने परिकार लगायत दर्जनौ बस्तु उत्पादन गरेर प्रदर्शनसमेत गरेका छन् ।

‘हाट बजार’ नामको प्रदर्शनीमा विद्यार्थीले उत्पादन गरेका मध्ये ५० हजारको सामग्री समेत बिक्री भएको फोरम जनकपुर च्यापटरका अध्यक्ष डा.सोनु साहले जानकारी दिए ।

स्कुले कलिला विद्यार्थीहरु लेखपढँंगै जीवन जिउन सीप तथा उद्यमशीलताको ज्ञान दिएर आत्मनिर्भर बनाउने उद्देश्यले नवीनता सम्मेलन आयोजन गरिएको आयोजकले जनाएको छ ।

सम्मेलनमा १२ वटा विद्यालयका कक्षा ८,९ र १० मा अध्ययनरत्त १७० विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?