+
+

नेपाल सधैं एक चीन नीतिको पक्षमा छ : शंकर पोख्रेल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १२:१४

१४ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसँगको अन्तर्क्रिया कार्यक्रममा महासचिव पोख्रेलले आगामी दिनमा पनि एक चीन नीतिकै पक्षमा रहने बताएका हुन् ।

महासचिव पोख्रेलले नेपालका बारेमा अरूले छर्ने भ्रमबारे चीनले चिन्ता गर्नु नपर्ने बताउँदै नेपाल आफैं सम्बन्ध सञ्चालनमा सक्षम रहेको बताए ।

साथै उनले आफूहरू दुई छिमेकीलाई विश्वासमा लिएर काम गर्न चाहेको उल्लेख गरे ।

उनले बीआरआईका सन्दर्भमा परियोजना पहिचानमा पछि परेको र छिटो गर्नुपर्ने पार्टीको धारणा रहेको बताए ।

कोभिडका बेला बन्द भएका नाका खोल्न आग्रह गर्दै उनले खुलेका नाका पर्याप्त नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?