+
+

प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १७:०९

१४ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको विषययत समितिले प्रहरी समायोजन तत्काल अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकमा सहभागीहरुका अनुसार १७ माघमा प्रधानमन्त्री नेतृत्वको राष्ट्रिय समन्वय परिषदको बैठक बसेपछि लामो समयदेखि रोकिएको समायोजन प्रक्रिया अगाडि बढ्नेछ ।

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन बमोजिम बनेको समितिको पहिलो बैठक आइतबार गृह मन्त्रालयमा बसेको थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकमा सात प्रदेशका गृहमन्त्रीका साथै स्थानीय तहका प्रतिनिधि पनि उपस्थित थिए ।

बैठकले लामो समयदेखि अवरुद्ध प्रहरी समायोजन शीघ्र अगाडि बढाउने निर्णय गरेको छ ।

साथै संघीय प्रहरी ऐन निर्माण तथा प्रहरी समायोजन ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन) संशोधन अघि बढाउने निर्णय गरेको बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रदेश गृहमन्त्रीहरुले प्रमुख जिल्ला अधिकारीले प्रदेशसँग समन्वय गर्ने विद्यमान व्यवस्था अपर्याप्त भएको बताएका छन् ।

प्रहरी समायोजन र कानुन संशोधनको प्रक्रियामा आपसी समन्वय गर्दै अघि बढ्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?