+
+

१६ औं योजनाका लागि सांसदहरूसँग आयोगले लियो सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १९:४३

१४ माघ, काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं पञ्चवर्षीय योजनाका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरु)सँग सुझाव लिएको छ ।

१६औं योजना कस्तो बनाउने भन्ने विषयमा आयोगले मस्यौदा तयार पारेको छ । तयार मस्यौदा माथि आइतबार आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दलका प्रतिनिधिहरुसँग सुझाव लिइएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रीका सांसद एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्मा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक एवम् पूर्वमन्त्री पदम गिरी, एमाले सचेतक महेश बर्तौता, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, राप्रपाका सांसद ज्ञानेन्द्र शाही लगायतका दलका प्रतिनिधिहरुको सहभागिता थियो ।

दलका प्रतिनिधिहरुले सबैले स्वीकार्ने र पूरा हुने लक्ष्यहरु १६औं योजनामा समावेश गर्न सुझाव दिएका छन् ।

छलफलमा आयोगका सबै सदस्यहरु, सदस्य सचिव र अन्य अधिकारीहरु सहभागी थिए । आयोगका सहसचिव महेश भट्टराईले १६औं योजनासम्बन्धी प्रस्तुतीकरण राखेपछि छलफल प्रारम्भ भएको थियो ।

यसअघि आइतबार नै आयोग सदस्य डा. जयकान्त राउतको अध्यक्षतामा प्रतिनिधि सभाको संसदीय समितिका सभापतिहरुसँग सुझाव लिइएको थियो ।

संसदीय समितिका सभापतिहरूले योजनालाई यथार्थपरक र कार्यान्वयनयोग्य बनाइ समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गरी समृद्धि हासिल गर्नुपर्ने विषयमा जोड दिएका थिए ।

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न जैविक तथा सामाजिक विविधतालाई सम्बोधन गर्दै कृषि, वन, सिमेन्ट तथा फलामजन्य उद्योग, निर्माण लगायतका क्षेत्रमा केन्द्रीय रहनुपर्ने धारणा सभापतिहरुको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?