+
+

राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १३:५८

२ चैत, काठमाडौं । राष्ट्रिय योजना आयोगका ४ सदस्यले राजीनामा दिएका छन् ।

गठबन्धन परिवर्तन भएसँगै राष्ट्रिय योजना आयोगमा अघिल्लो गठबन्धनमा सहभागी दलबाट सिफारिस भई आएका सदस्यहरुले राजीनामा दिएका हुन् ।

आयोगका अनुसार डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले राजीनामा दिएका छन् ।

अघिल्लो गठबन्धनमा नेपाली कांग्रेस तथा जनमत पार्टीको सिफारिसमा उनीहरु सदस्य बनेका थिए ।

आयोगमा अब नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरु समेटिने सम्भावना छ । आयोगको उपाध्यक्षमा माओवादी केन्द्र निकट डा. मिनबहादुर श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?