+
+

पिपल्स क्याम्पसमा विप्लव निकट विद्यार्थी संगठनले लगायो ताला

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १७:५६

१५ माघ, काठमाडौं । नेत्र विक्रम चन्द्र ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनले पिपल्स क्याम्पसमा तालाबन्दी गरेको छ ।

६ बुँदे मागसहित अखिल क्रान्तिकारी विद्यार्थी संगठनले क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएका हुन् ।

उनीहरूले विद्यार्थी भर्ना, लाइब्रेरी र परिचयपत्रको नाममा अतिरिक्त शुल्क असुल बन्‍द गरिनुपर्ने, बीबीए र बीबीएममा इन्टरनेटको व्‍यवस्था हुनु पर्ने, विधान विपरीत कर्मचारी नियुक्ति खारेज हुनुपर्ने लगायतका माग गरेका छन् ।

विद्यार्थीहरूले यसअघि मंसिर २७ गते क्याम्पसको शैक्षिक र भौति संरचना सुधारसहित विद्यार्थीको हकहितका लागि भन्‍दै ९ बुँदै ज्ञापनपत्र क्‍याम्पस प्रशासनलाई बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?