+
+

अस्कलमा अखिल र क्रान्तिकारीका विद्यार्थीबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १२:२०

१९ चैत, काठमाडौं । लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)मा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ ।

आइतबार साँझ भएको झडपमा क्रान्तिकारीमा आबद्ध दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेहरुमा अखिल क्रान्तिकारी अस्कल क्याम्पसका इकाइ कमिटी अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा छन् । उनीहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

भण्डारीको मुख र नाकमा चोट लागेको छ । शर्माको बाँया हातको बुढी औंलामा चोट लागेको छ ।

उनीहरुमाथि कुटपिट गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहनेहरुमा अनेरास्ववियु अस्कल क्याम्पस इकाइ कमिटी अध्यक्ष पंकज पाण्डे र अस्कल इकाइ कमिटीका सदस्य गणेश शाही छन् । शाही जुम्लाका हुन् भने पाण्डे कन्चनपुरका हुन् । उनीहरु दुवै जना क्याम्पसकै होस्टलमा बस्दै आएका थिए ।

आइतबार साँझ भलिबल खेल्ने क्रममा विवाद हुँदा उनीहरुबीच झडप भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?