+
+

भूकम्प पीडितलाई १० लाख सहयोग गर्ने अखिल क्रान्तिकारीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १४:५५

२१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरुका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

आज मंगलवार कोटेश्वर पेरिसडाँडामा बसेको संगठनको कार्यालयको बैठकले आफ्नै संगठनका सदस्यहरुसँग आन्तरिक रुपमा रकम संकलन गरेर भूकम्प पीडितहरुलाई सहयोग गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेश रेग्मीले जानकारी दिए ।

आर्थिक संकलनका लागि संगठनको कार्यालय टिम, पदाधिकारी, सदस्यहरुको लागि फरक–फरक मापदण्ड बनाइएको छ । रकम संकलनका लागि अध्यक्षदेखि महासचिव पदसम्मकालाई पाँच हजार, त्यसभन्दा तल्लो पदका पदाधिकारीलाई तीन हजार, केन्द्रीय सदस्यहरुलाई एक हजार र प्रदेश कमिटी सदस्यहरुलाई ५०० रुपैयाँ तोकिएको उपाध्यक्ष रेग्मीले जानकारी दिए । ‘यो रकम चन्दा मागेर संकलन गर्ने होइन, हामी  आफू–आफूले नै व्यक्तिगत रुपमा संकलन गरेर भूकम्प पीडितको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने हो,’ उनले भने ।

भूकम्प गएलगत्तै अखिल क्रान्तिकारी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनामा सक्रिय रहेको उनले बताए । उनका अनुसार अखिल क्रान्तिकारीले भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि सहयोग होस् भनेर रक्तदान लगायतका कार्यक्रम पनि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?